काठमाडौं, १९ जेठ । मंगलबार नेपालमा कोरोना भाइरसका ६ हजार ८५ जना संक्रमित थपिएका छन् ।
हिजो थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ३० उमेर समुहको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार यो उमेर समुहका १२ सय १८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार ३१ देखि ४० वर्ष उमेर समुहको मंगलबार ११ सय ८८ जना संक्रमित थपिएका छन् । १० वर्षसम्मका हिजो १७४ जना र ११ देखि २० वर्षसम्मका ४५६ जना संक्रमित थपिएका हुन् ।
यसैगरी, ४१ देखि ५० वर्ष उमेर समुहका ८०४ जना संक्रमित थपिएका छन् । त्यस्तै, ५१ देखि ६० वर्ष उमेर समुहका ७ सय ४२ जना संक्रमित मंगलबार एकैदिनमा थपिएको मन्त्रालयले जनाएको छ । ६१ देखि ७० वर्ष उमेर समुहका ४१७ जना, ७१ देखि ८० सम्मका १८० जना, ८० वर्ष माथिका ८० भन्दा बढी र १८ जनाको उमेर खुलेको छैन् । हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेकोे छ ।
त्यस्तै, २४ घन्टामा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार हालसम्म ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएका ह्न् ।
६८ जना संक्रमितले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ७ हजार ४ सय ५४ पुगेको छ ।