Logo

एमाले स्थायी कमिटी बैठक ४ बजे बस्दै, एजेण्डा पार्टी एकता



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टी एकताको विषयमा केन्द्रित रहेर छलफल गरिने नेताहरुले जनाएका छन् । माधव नेपाल पक्षसँग भैरहेको वार्ताको विषयमा आजको बैठकमा छलफल हुने एक नेताले जनाए ।

हिजो बसेको बैठकले पनि पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको थियो । अहिले अध्यक्ष केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरु र माधव नेपाल पक्षका पनि दोस्रो तहका नेताहरु एकता जोगाउनेगरि सघन छलफलमा छन् । नेता नेपालले भने अब एकताको सम्भावना टरिसकेको बताउन थालेका छन् ।

त्यही पनि एक दुई दिनभित्र एकताको लागि ठोस कुरा गर्न उनले आफू पक्षधर नेताहरु गोकर्ण विष्ट र योगेश भट्टराईलाई निर्देशन दिएका छन् । पछिल्लो समय ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । तर, उनले उनीहरुलाई अहिलेसम्म कारबाही गर्न सकेका छैनन् । कतिपयले ओली पछिल्लो समय नरम बनेको पनि टिप्पणी गर्न थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्