Logo

राष्ट्रिय वाणिज्य बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने



काठमाडौं, १९ जेठ । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकको अनुसार जेठ २५ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ‘आरबिबिएल डिबेञ्चर २०८३’ ६ वर्ष अवधि भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।

प्रतिकित्ता १ हजार रूपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सर्वसाधारणका लािग बिक्रि गर्ने भएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

बैंकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा आवेदन दिन सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्