काठमाडौं, १९ जेठ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर जारी गर्ने संस्थाले जनाएको छ। हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।