काठमाडौं, २० जेठ । महालक्ष्मी विकास बैंकले कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । बैंकले चितवनको भरपुर महानगरपालिका ११ स्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो ।
बैंकको नारायणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले स्वास्थ्य सामग्री वडा सदस्य चिन्तामणी लम्साल र गणेश स्थान टोल विकास समितिका अध्यक्ष राजन कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले कोरोनाको विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।