भक्तपुर, २० जेठ । यौन दुर्व्यवहार गरेको अभियोगमा ४९ वर्षीय पुरुष पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका–१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।