काठमाडौं, २० जेठ । नेकपा एमालेको माधव नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकमा ८८ जना सहभागी भए । उनीहरु सबै नवौं महाधिवेशनमा निर्वाचितहरु हुन् ।
आज भर्चुअल माध्यमले बसेको बैठकमा ८८ जना सहभागी भएको बुझिएको छ । उनीहरुले माधव नेपाललाई पार्टी एकता देखि विकल्पमा अलग पार्टी निर्माणबारे सुझावहरु दिए ।
एमालेको ७ वर्ष अघि भएको नवौं महाधिवेशनमा १४ पदाधिकारीसहित १५९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । जसमध्ये ८८ जना माधव नेपाल समूहमा देखिनुले ४५ प्रतिशत केन्द्रीय नेताहरु रहेको स्पष्ट भएको छ ।
पदाधिकारीमध्ये अधिकांश नेपाल पक्षका छन् । केही पछिल्लो समय तटस्थ भूमिकामा छन् । तटस्थ रहेकाहरु माधव नेपाल समूहकै हुन् ।
नेपाललाई कतिपयले संयमित भएर हतार नगर्न सुझाव दिइरहेका छन् । कतिपयले पार्टी नयाँ खुलाइहाल्नुपर्नेमा जोड दिदै आएका छन् ।
एमालेको नवौं महाधिवेशनको संरचनालाई अध्यक्ष ओलीले परिवर्तन गरिसकेका छन् । उनले आफूपक्षीय नेताहरुलाई स्थायी कमिटीमा राखेर केन्द्रीय कमिटी समेत पुनःगठन गरिसकेका छन् ।