Logo

प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको फूल कोर्ट बैठक



काठमाडौं, २० जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको फूल कोर्ट बैठक बोलाएका छन् । विभिन्न विषयमा छलफल गर्न भन्दै जबराले भोलिलाई बैठक बोलाएका हुन् ।

भोलिको बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियामावली संशोधन गरिनेबारे पनि छलफल हुने जनाईएको छ । पछिल्लो समय प्रतिनिधिसभा विघटनको विरोधमा परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भैरहेको छ ।

तर, इजलास गठनमा प्रश्न उठेपछि इजलास जेठ २३ गतेसम्मको लागि स्थगित् गरिएको छ । प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गरिने प्रतिबद्धता सर्वोच्च अदालतको बार प्रतिनिधिलाई जनाईसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्