Logo

२४ घण्टामा १ करोड १० लाखको स्वास्थ्य सामग्री भित्रियो



काठमाडौं, जेठ २१ । कोरोना महामारी दोस्रो लहरले आक्रान्त नेपाललाई विश्व समुदायको सहयोगले मलमको काम गरिरहेको छ । कोरोना महामारीका कारण स्वास्थ्य संकट भोगिरहेको नेपाललाई बितेको २४ घण्टाभित्र १ करोड १० लाखभन्दा बढी मेडिकल उपकरण सहयोग आएको छ । यी स्वास्थ्य सामग्रीले थोरै भए पनि राहत दिएको छ ।

कोरोना संक्रमणले दैनिक स्वास्थ्य संस्थामा बिरामी चाप बढिरहेकै बेला विश्व समुदायको राहतले मलमको काम गरेको हो ।

बिहीबार मात्रै जापान सरकारले नेपालका अस्पताललाई १ सय ६० अक्सिजन जेनेरेटर सहयोग गरेको छ । कोभिड–१९ उपचारका लागि अत्यावश्यक उपकरण सहयोग क्रममा जापानले हस्तान्तरण गरेका यी अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिनेछ । यसअघि पनि जापानले गत वर्ष कोभिड बिरामीलाई अस्पताल लैजान ६ एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य सामग्री आएलगतै नेपालका लागि जापनी राजदूत किकुता यताकाले अक्सिजन जेनेरेटरमार्फत् अक्सिजन सिलिन्डरबिना बिरामीको उपचारमा सहज अक्सिजन आपूर्ति हुने बताएका छन् । कोरोना बिरामीलाई जटिलता आउन नदिन अक्सिजन आपूर्ति गर्न उपयोग हुनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्