Logo

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, दुवैले बोलाए एकैदिन बिशेष सभा



काठमाडौं, २१ जेठ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता अनुपातमा प्राप्ति गर्न लागेको जनाइएको छ ।
यसको आधारमा अब फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने भएका छन् । दुवै कम्पनीले प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न असार ५ गते एकैदिन बिशेष सभा बोलाएका छन् । दुई कम्पनीले सभा केन्द्रिय कार्यलय दरबारमार्गबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएका हुन् ।

हाल नबिल बैंकको १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँ चुक्तापुँजी रहेको छ । त्यस्तै, युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपैयाँ रहेको छ । प्राप्ती पश्चात बैंकको चुक्तापूँजी १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार रुपैयाँ पुग्ने जनाइएको छ । विशेष साधारण सभा प्रयोजनका लागि दुबै कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्