काठमाडौं, २१ जेठ । राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । महतो उपप्रधानसहित शहरी मन्त्री बनेका छन् । ८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाबाट दश जना मन्त्री बन्न लागेका हुन् ।
आजै साँझ ८ बजे सपथ कार्यक्रम राखिएको छ । सरकारमा लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, शरदसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमलप्रसाद श्रीवास्तव, एकवाल मियाँ रहेका छन् । त्यस्तै, राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङ रहेका छन् ।