Logo

गृहमन्त्री एक/दुई दिनपछिमात्रै बनाउने प्रधानमन्त्रीको तयारी



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र पूनर्गठन गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ राज्यमन्त्रीसहित १० जना सहभागी भएका छन् । एमालेबाट भने रघुवीर महासेठ र शेरबहादुर तामाङ मन्त्री भएका छन् । महासेठ उपप्रधान एवम् परराष्ट्रमन्त्री बनेका छन् ।

अर्थमन्त्री विष्णु पौडेल पनि उपप्रधानमन्त्रीमा बढुवा भएका छन् । आज भएको मन्त्रिपरिषद विस्तारमा गृहमन्त्री को बन्छ ? भन्ने चासो थियो । तर, प्रधानमन्त्री ओलीले भने एक दुई दिनपछि मात्रै गृहमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

एमालेबाट यसअघि मन्त्री बनेकाहरुमा चार जनाबाहेक सबैलाई विदाई गरिएको छ । अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङ भने यथावत छन् ।



प्रतिक्रिया दिनुहोस्