दीपक भण्डारी : पैसा ! पैसा !! पैसा !!! यो शब्द आजको समाजले निक्कै महत्त्व दिने शब्द बनेको छ । अन्योलमा छु बुझेर हो या नबुझेर महत्त्व दिएको । अनि घोत्लिन्छु पैसा के हो ? घोत्लिँदै गर्दा मलाई एउटा कथाको पात्र माइला दाइलाई सम्झिएँ – ऊ पैसाको भोको कहिले भएन तर पैसाको ज्याद्रोपनाले कहिले छोडेन । आफ्नो आवश्यकता परिपूर्ति गर्नको लागि जहिले हम्मे हम्मे । सामान्य जीवन यापन गर्न पनि सारै मुस्किल थियो उसलाई । परिवारको खुशी उसको पहिलो प्राथमिकता । ऊ त्यही प्राप्तिको लागि आफ्नो जीवनमा सङ्घर्षरत थियो । उसको जीवनमा आफ्नो बहुमूल्य सम्पतिको रूपमा उसले आफ्नो इज्जत र आफ्नो आत्मसम्मानलाई हेथ्र्यो । कहिले ऊ सन्तोषको सास फेथ्र्यो आफ्नो इज्जतलाई यथावत् राख्न सकेकोमा । आनन्दको सपना देख्थ्यो, मस्त निदाउँथ्यो । उसले भौतिक रूपमा जीवन सुखमय बनाउन नसके पनि ऊ आफ्नो परिधि बुझेको थियो, सन्तोषसँग मेहनतको पसिना खर्चिएको थियो र आफ्नो आत्मसम्मानलाई गल्न दिएको थिएन, त्यसैमा ऊ खुशी थियो, दैनिकी चलेकै थियो । जीवन सोचेको जस्तो कहाँ हुन्छ र ! ऊ एक दिन गम्भीर बिरामी प¥यो । सञ्चित पैसा थिएन, उपचार गर्न नसकेर उसको मृत्यु भयो । उसको परिवारको जीवन पनि अन्धकारतिर धकेलियो ।
म अल्मलिएको छु, आत्मसम्मान, सन्तोष, इज्जत यी ओझिला शब्द हुन् के आदर्शमा मात्र ? जीवनको यथार्थमा पैसा नै सबथोक हो ? कथाको पात्रलाई हेर्ने हो भने पनि उसको आत्मसम्मान र उसको सन्तोषले के काम ग¥यो र उसको सञ्चित सम्पति हुन्थ्यो भने उसको जीवन मृत्युसँग सायद हार्दैनथ्यो कि ? यस्ता अनुत्तरित प्रश्नहरूले मलाई सताएको छ आजभोलि ।
कोही कोही पैसाको लागि आफ्नो आत्मसमानलाई बिर्सिएका हुन्छन् । म देख्छु कसैकसैसँग पैसा अथाह हुन्छ तर वर्तमानमा ऊ उपभोग गर्न जान्दैन । सञ्चित गर्छ भबिष्यको सुखको लागि । ऊ वर्तमान र भविष्यको दूरीको मापन गर्दागर्दै उसको जीवन हार्न पुग्छ । सामान्य परिबेश भएसम्म र उसको हातमा रहेसम्म उसको आबश्यकता पूरा गर्न सक्ला उसले, तर उसका असीमित आकाङ्क्षाले निम्त्याएका आबश्यकताले उसलाई सन्तोषको सास फेर्न भने दिँदैन । उसले आफ्नो जीवनमा सधैँ रित्तोपन देख्छ ।
हालसालै ँबअभ द्यययपमा घोत्लिँदा एउटा खबरमा एकछिन मन भारी बनाएर अड्कियो । दाङबाट पोखराको लागि दस लाख तिरेर हेलिकोप्टरमा ल्याउँदाल्याउँदै मृत्यु भयो । कस्तो दुखद खबर ! यो घटनालाई हेर्ने हो भने पैसाले पनि जीवनलाई मृत्युको मुखबाट बाहिर निकाल्न सकेन । आजभोलि दैनिक यस्ता खबर सुनिन्छन् । आज प्रकृतिले विनाशकारी रूप लिएको छ, कसैलाई छोडेको छैन न धनी न गरिब । यो घटनालाई हेर्दा पैसा सबथोक त होइन रहेछ । आज म दोधारमा छु जीवन कति गारो छ । एकछिन अगाडि संसार जित्ने दम्भ थियो तर जीवन केही पलमै हरायो ।
प्रकृतिले आज केको लागि प्रतिशोधको नमुना प्रस्तुत गर्दै छ बुभ्mन गाहारो । फोनको घन्टी बज्छ, मनमा डरका तरङ्गहरू तरङ्गित हुन्छन् । अस्पतालमा भर्ना हुनुपर्ने भयो, कतै सकिएन, प्रयास गर्नुपर्ने भयो । इहथनभ।। लेवेल घट्यो यहथनभ।। अजबजष्थ।। ःभमष्अष्ल।।को अभाव भयो के गर्ने । आँखा छेउमा मान्छे जीवनसँग हार मानेको छ, सजिलै मृत्युबरण गरेको छ । कस्तो बिडम्बना ! मानवजातिको प्रकृतिसँग जोरी खोज्दा निम्तिएको परिस्थति हो यो । मानवजातिको उत्शृङखलपन र अनुशासनहीन हुनुको परिणाम हो यो । मानवसभ्यताले आफ्नो परिधि र प्रकृतिको नियमलाई उल्लङ्घन गरेको परिणाम हो यो । हामी, हाम्रो समाज यतिसम्म अनैतिक, स्वार्थी र आत्मकेन्द्रित बनेको छ कि मानवजाति आफै कल्पना गर्न सक्दैन, अनि यस्तो विषम परिस्थितिमा आफूलाई सम्हाल्न सक्दैन ।
पक्कै पनि पैसा, धनसम्पति एउटा साधन हो । यो हाम्रो जीवनलाई चलायमान गराउनको लागि चाहिने साधन र तत्त्वमध्ये एक । कसैले किमार्थ पैसा मात्र सबथोक देख्छ र जीवनभर त्यसैको मात्र पछि लाग्छ र त्यसलाई मात्र महत्त्व दिन्छ भने ऊ पक्कै पनि भ्रममा हुन्छ । ज्ञानी व्यक्तिले त्यसलाई महत्त्व दिँदैन । उसले त्याग्न सक्छ र त्यागमा नै ईश्वरीय आनन्द ईश्वरप्राप्तिको अनुभूति गर्छ ।
जसले त्याग्न सक्छ ऊ खुशी रहन सक्छ । जुन कुरा आफ्नो अगाडि हुन्छ, आफू केन्द्रित गरिन्छ, मेरो र मलाई भनेर हेरिन्छ, चाहना राखिन्छ, सञ्चित गरिन्छ त्यति नै हामी दुःखी हुन्छौँ, जीवनलाई कैद गरेका हुन्छौँ र बन्धनमा पारेका हुन्छौँ । यस्ता भौतिक साधनहरूलाई महत्त्व नदिएर यी कुरालाई त्यागी स्वतन्त्र हुन सके जीवन धन्य हुन्छ ।
ज्ञानी व्यक्ति ज्ञानलाई पनि सञ्चित गर्दैन ऊ ज्ञान पनि बाँड्छ । पढेका कुरा, श्रवण गरेका राम्रा ज्ञानका कुरा आफ्नो व्यवहारमा उतार्न सकिएन भने र अरूलाई पनि बाँड्न सकिएन भने त्यो ज्ञान पनि सदुपयोग हुँदैन र त्यस्ता ब्यक्तिलाई ज्ञानी पनि भन्न सकिँदैन । त्यस्तै धनसम्पति पैसा पनि सञ्चित गरिन्छ र समयमा उपभोग गरिँदैन वा चलयमान गरिँदैन भने त्यो धनसम्पत्तिको पनि कुनै अर्थ हुँदैन, त्यो नाश भएर जान्छ । ज्ञान, धनसम्पत्ति, पैसा समाजहितको लागि सदुपयोग गर्न सक्यो भने यसको महत्त्व र प्रभाव अकल्पनीय हुन्छ ।
यस प्रकृति र ईश्वरीय शक्तिसामु मानवजातिले आफ्नो भौतिक शरिरको विलासिताको लागि बनाएका यस्ता साधनहरू निरीह क्षणिक प्रभावकारी हुन्छन् । हामी हाम्रो समाजमा यस्ता साधन जोड्नको लागि मानवधर्म नै बिर्सिएको उदाहरण धेरै देख्छौँ तर मानव के बिर्सिएको छ भने यदि उसले त्यो साधनप्राप्ति ग¥यो भने पनि त्यो क्षणिक हुन्छ । कसैले मानवधर्म निभाएर, नैतिकता सम्झेर त्यस्ता साधनहरूको प्रयोग गर्छ भने त्यो दिर्घकालीन हुन्छ । यस्तै साधनहरूमध्ये पैसा पनि सहीमार्ग र सही तरिकाले आर्जित गरिन्छ र सही समयमा र सही तरिकाले उपभोग र उपयोग गरिन्छ भने त्यो अवश्य पनि फलदायी हुन्छ ।
कतै मैले सुनेको थिएँ पैसाले भौतिक संरचना किन्न सकिन्छ तर घर किन्न सकिन्छ, जीवन बिमा गर्न सकिन्छ तर जीवन किन्न सकिन्न, पैसाले घडी किन्न सक्छ तर समय किन्न सक्दैन । पैसा केवल एउटा साधन हो जसले कारोबार गर्न सजिलो बनाइदिन्छ । पहिले पहिले बर्टर सिस्टम हुँदा धानसँग मकै साटेको जस्तै अहिले धान र मकै पैसाले किन्न सकिन्छ मात्र फरक त्यत्ति । यसले कारोबार गर्न सहज गराउँछ । यसलाई साधनको रूपमा मात्र बुभ्mन सक्यो भने भ्रममा परिँदैन तर आज मानवजाति पैसाले जीवन किन्न सकिन्छ कि भन्ने भ्रममा दौडेको जस्तो देखिन्छ । पैसाको पछाडि दौडिने भोक कहिले तृप्त हुँदैन किनकि ऊ अन्धकारतिर दौडिएको हुन्छ ।
आजको यस्तो विषम परिस्थतिले सिकाएको पाठ भनेको सायद हरेक कुराको आफ्नो परिधि र सीमा हुन्छ, कोही पनि त्यो परिधि र सीमा नाघ्न पुग्छ र अतृप्त भएर प्यासी बन्छ भने ऊ आफ्नो जीवनबाट हार्न पुग्छ । हामी सबैले अध्यात्मचिन्तनलाई स्वीकार गर्दै आफ्नो व्यवहारमा उतार्न सक्नुपर्छ, जसले हामी आफ्नो जीवनलाई परमात्मालाई बुभ्mने मार्गतिर अगाडि बढाउन मद्दत गर्छ र यस्ता वस्तु र साधनको चाहना र भोगलाई सीमित गर्न उत्प्रेरित गर्छ ।