Logo

महतोको अभिव्यक्तिप्रति आपत्ति



काठमाडौं, जेठ २३। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै बेलाका आफ्नो कटुआलोचक राजेन्द्र महतोलाई शुक्रबार सत्ता सहयात्रीका रूपमा सरकारमा भित्र्याएका छन्। पार्टीका अधिकांश मन्त्रीहरूलाई सरकारबाट हटाउँदै प्रधानमन्त्री ओलीले महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। शुक्रबार राति ८ बजेपछि पद तथा गोपनियताको शपथ लिएका महतोले राति नै पदबहाली गरे।

संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्टि जनाउँदै प्रतिलिपि च्यातेका महतो यही संविधानअन्तर्गत उपप्रधानमन्त्री बनेका छन्। संविधानसभाबाट संविधान जारी हुँदा भारतले लगाएको नाकाबन्दीको पक्षपोषणमा महतोसहितका नेताहरू उभिएका थिए। तर ओली त्यो नाकाबन्दीको विपक्षमा उभिएका थिए।

त्यसबाट ओलीले राष्ट्रवादी छवि बनाएका थिए। यसैकारण २०७४ सालको आमनिर्वाचनमा ओली र उनले नेतृत्व गरेको एमालेको पक्षमा जनताले अभिमत प्रकट गरे। अहिलेसम्म महतोसहित मधेसीवादी दलले उठाएका मुद्दा सम्बोधन भएका छैनन्। विभिन्न कारण विगतमा दुई धु्रवमा विभाजित ओली र महतो अहिले एकै ठाउँमा आइपुगेका छन्।

त्यति मात्र होइन, एकले अर्कालाई अराष्ट्रवादी र प्रतिगामी करार गरेका दुवै नेता सत्तासाझेदारी गर्दै एकअर्काका सारथि बन्न पुगेका छन्। ओलीले आफ्नो सत्ता टिकाउने सबैभन्दा महत्वपूर्ण शक्तिका रूपमा जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षलाई उपयोग मात्र गरेका छैनन्, विश्वासपात्रका रूपमा महतोलाई रोजेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्