Logo

पेटबाट निकालियो ३५ किलोको ट्युमर



भक्तपुर, जेठ २४ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रोगहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक वर्षअघिदेखि नै पेटमा समस्या देखिएको थियो । तर लकडाउनका कारण उनको अस्पतालसँंग सम्पर्क टुटेको थियो । साथै आर्थिक अवस्था कमजोर भएका कारण उनी घरमै रोग पालेर बसिरहेकी थिइन् ।

समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ३५ किलोको भएको जनाइएको छ । अस्पतालका अनुसार दुईतीन महिनाअघि पनि पेट दुखेर कुसुम अस्पताल आएकी थिइन । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्