Logo

ओलीको एकता प्रस्तावपछि माधव नेपाल पक्ष फायर, वेदुराम भुषालले पोखे आक्रोश (भिडिओसहित)



काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का नेता वेदुराम भुषालले अध्यक्ष केपी शर्मा ओलीको एकता प्रस्तावले पार्टी एकता भन्दापनि एकता भत्काउनको लागि ल्याईएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँले पार्टी एक नगर्नको लागि घोषणा गर्नुभएको हो । म अध्ययन गरेर बोल्ने मान्छे हुँ ।’

उनले अध्यक्ष ओलीले पार्टी एकताको लागि ठोस पहल नचालेको पनि स्पष्ट पारे । अध्यक्ष ओलीले जेठ २ गते फर्किने कुरा नगरेको बरु नेकपा हुँदाको केन्द्रीय कमिटीमा फर्कने भनेको पनि उनले सुनाए । उनले अदालतबाट रहेको मुद्दाको हस्ताक्षर फिर्ता लिन भनिएको पनि सुनाए । उनले ओलीको एकता प्रस्तावलाई जालझेलको संज्ञा दिएका छन् । कार्यकर्ताहरुमा यो प्रस्तावले झनै निराशा छाएको पनि उनको भनाई छ । ओलीको प्रस्तावलाई योगेश भट्टराईले गरेको स्वागतलाई आफूले कुनै टिप्पणी नगर्ने पनि भुषाले बताए ।



प्रतिक्रिया दिनुहोस्