बर्दिया, २६ जेठ । बहुबिवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बहुबिवाह मुद्दाका फरार प्रतिवारी बढैयाताल गाउँपालिका–८ पहाडीपुर बस्ने ३५ वर्षीय टिकाराम बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्वतको २०७४ असार १ गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दीयामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।