काठमाडौं, जेठ २७ । कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ ।
नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना ९२०७६ माघ १० देखि० चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । २०७७ चैत २५ लाई पहिलो लहरको अन्तिम दिन र त्यसपछिलाई दोस्रो लहर मानेर हेर्दा कोभिडबाट संक्रमित र मृत्युको यो भयावह तस्बीर देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत २५ सम्म कोभिडको पहिलो लहरबाट मुलुकभरि २ लाख ७८ हजार ४ सय ७० जना संक्रमित थिए । त्यसपछिका दुई महिनामा संक्रमित हुनेको संख्या बढेर ५ लाख ९१ हजार ४ सय ९४ पुगेको छ । गत चैत २५ देखि जेठ २५ सम्मको दुई महिनामा ३ लाख १३ हजार २४ जना नयाँ संक्रमित थपिएका छन् । पहिलोको तुलनामा यो १ सय १२ प्रतिशतले बढी हो ।
त्यस्तै, कोभिडबाट संक्रमितमध्ये दोस्रो लहरमा मुत्यु हुनेको संख्या झनै धेरै छ । मन्त्रालयको तथ्यांकअनुसार कोभिडको पहिलो लहर ९गत चैत २५ सम्म० मा ३ हजार ३८ जनाको ज्यान गएको थियो । तर दोस्रो लहरका दुई महिनामा गत चैत २५ यता यो संख्या बढेर ७ हजार ९ सय ९० पुगेको छ । दुई महिनामा ४ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । यो संख्या पहिलो लहरको तुलनामा १ सय ६३ प्रतिशतले बढी हो ।
कोभिडको दोस्रो लहरको तुलनामा पहिलो लहर मृत्युदरका हिसाबले कमजोर देखिएको छ । गत चैत २५ सम्म कुल संक्रमितमध्ये मृत्यु हुने दर १.०९ प्रतिशत थियो । तर दोस्रो लहरको दुई महिनामा मृत्युदर १.५८ प्रतिशत पुगेको छ । नेपालमा एकैदिन यही जेठ ५ मा २ सय ४६ जनाको मृत्यु भएको थियो । अहिलेसम्म एकैदिन मृत्यु हुने संख्या यो नै धेरै हो ।
सरकारले नेपालमा कोभिडका कारण हुने कुल मृत्युदर १।६ प्रतिशत रहेको बताएको छ । दोस्रो लहरले सबैभन्दा बढी प्रभावित मानिएको छिमेकी भारतमा यो दर १.२२ प्रतिशत छ ।
नेपालमा २०७६ माघ १० मा पहिलोपटक कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । अहिले मुलुकभर ८० हजार ३ सय ३६ संक्रिय संक्रमित छन् । नागरिक दैनिकबाट