Logo

कानूनमन्त्री श्रेष्ठको टिप्पणी : प्रधानमन्त्रीले संविधान कहाँ संकटमा पार्नुभएको छ (भिडिओसहित)



काठमाडौं, २७ जेठ । कानून, न्याया तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले मुलुक निर्वाचनतर्फ नै जाने दाबी गरेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले अब सम्पूर्ण तयारी निर्वाचनको लागि नै भएको पनि उनले स्पष्ट पारे ।

विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको उल्लेख गर्दै उनले भने–‘उहाँहरुले अविश्वासको प्रस्ताव पनि ल्याउन सक्नुभएन । अढाई महिना त्यतिकै व्यतित गर्नुभयो । बरु, हाम्रो प्रधानमन्त्रीले आँफै विश्वासको मत लिनुपर्यो । अहिले के भैरहेको छ, तपाईले देखिरहनुभएको छ । यो अवस्थामा सहज रुपले सरकार अघि बढ्ने अवस्था देखिएन ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र कानूनअनुसार नै हिँडेको दाबी गरे । उनले भने,‘प्रधानमन्त्रीले कहाँ संकटमा पार्नुभएको छ ? संकटमा पार्नुभएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्