Logo

बाबुरामको ट्वीटः ओली भाइरस घातक रोग हो, पुनः षड्यन्त्र हुनेछन्



काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्र र जालझेल तत्काललाई परास्त भएको टिप्पणी गरेका छन् । उनले खतरा भने नटरेको उल्लेख गरेका छन् ।

आज ट्वीट गर्दै भट्टराईले पुनः षड्यन्त्र हुने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले गण्डकी प्रदेशमा दृढतापूर्वक संघर्ष गर्ने एमालेइतर दलका सांसदहरुलाई बधाई समेत दिएका छन् ।

उनले लेखेका छन्ः पोखरामा खड्गप्रसाद एण्ड कम्पनीको निर्लज्ज षड्यन्त्र र जालझेल तत्काललाई परास्त भएको छ। दृढतापूर्वक संघर्ष गर्ने एमालेइतर दलका सांसद र अन्त्यमा आसन्न प्रदेशसभा विघटनविरूद्ध उभिने एमालेका सांसदलाई वधाइ! ओली भाइरस घातक रोग हो;यो अझै निर्मूल भएको छैन। पुन: षडयन्त्र हुनेछन्,सतर्क रहौं!



प्रतिक्रिया दिनुहोस्