Logo

संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट



काठमाडौं, ३० जेठ । संवैधानिक परिषदले अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरेको भन्दै रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश जारी गरी सिफारिश गरिएकाको नियुक्ति रोक्न आदेश जारी गर्न भन्दै रिट दायर गरेका हुन् ।

रिटमा अध्यादेशमार्फत संवैधानिक परिषदले नियुक्ति सिफारिश गर्नु संविधान विपरित हुने जिकिर गरिएको छ । २६ वैशाखमा संवैधानिक परिषदको बैठकले लोक सेवा आयोग, समावेशी आयोगका अध्यक्षसहित विभिन्न निकायमा नियुक्तिको सिफारिश गरेको थियो । उनीहरुको नियुक्तिका लागि मार्ग खोल्न संसदीय सुनुवाई समितिमा नाम दर्ता गरिएकोमा प्रतिनिधि सभा विघटनले स्वतः नियुक्ति हुने अवस्था बनेको छ ।

सुनुवाई समितिमा दर्ता भएको मितिले ४५ दिन पुगेपछि स्वतः नियुक्ति हुने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस्