Logo

नेप्से ४२ अंकले बढ्दा १८ अर्ब बढीको कारोबार



काठमाडौं, ३१ जेठ । शेयर बजार आज ४२ अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन (आज) नेप्से ४२.७२ अंकले बढेर ३ हजार २५ दशमलव ८३ विन्दुमा कायम भएको छ । हिजो नेप्से ३८.३२ अंकले बढेर सर्वार्धिक कारोबार भएको थियो ।

त्यस्तै, आज १८ अर्ब ८८ करोड ८४ लाख बराबरको कारोबार भएको हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको कारोबार भएको छ । नेप्सेको अनुसार कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, अपी पावर कम्पनीको ५४ करोड ८६ लाख, हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख, लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्