Logo

महन्थले नबनाएर के भो राजकिशोरलाई ओलीको सिधा साथ



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पहिलोपटक सहभागी हुँदा मन्त्रीको सूचीमा राजकिशोर यादवको नाम थिएन । ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउँदा राजकिशोर अटाएनन् ।

मन्त्री बन्न नपाएपछि राजकिशोर यादव महन्थ ठाकुर र राजेन्द्र महतोसँग निकै असन्तुष्ट भए । उनले ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्ष रोज्ने सम्मको निर्णय लिइसकेका थिए ।

महन्थले मन्त्रीको सूचीमा नराखी नाम पठाएका राजकिशोरलाई पछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधा पहलमा मन्त्री बनाए । राजकिशोर थपिन लागेको जानकारी सम्म पाएका ठाकुरले पहल भने गरेका थिएनन् ।

राजकिशोरले उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाए । उनले आकर्षक मन्त्रालय पाएपछि जसपाको ठाकुर समूहभित्रै चर्चा चलेको छ ।

अहिले राजकिशोर यादव महन्थ ठाकुरले डाकेको बैठकमा पनि जान छाडेका छन् । उनी जसपाको तटस्थ भूमिकामा बसेका छन् । आफूलाई महन्थले नभई आफ्नै पहलमा मन्त्री बनेको भन्दै उनले टेर्न छाडेको बुझिएको छ ।

यसैगरी, मन्त्रीको सपथको दिन राजकिशोर महन्थभन्दा केही पर बसे । उनले पनि गेरु वस्त्र लगाएका थिए । महन्थसँग खासै दिल खोलेर कुरा पनि गरेनन् ।



प्रतिक्रिया दिनुहोस्