Logo

प्रभु बैंकको ४० लाख कित्ता ऋणपत्र बाँडफाँट



काठमाडौं, १ असार । प्रभु बैंकले जेठ ११ गतेदेखि विक्रिमा ल्याएको ४० लाख कित्ता ऋणपत्र आज बाँडफाँट गरेको छ ।  बैंकले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र जेठ २६ गतेसम्म बिक्रि गरेको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तरिकाले विभिन्न संघ संस्थाहरुलाई र बाँकी रहेको १६ लाख कित्ता सामुहिक लगानी कोषमा विक्रि गर्ने बैंकले जनाएको थियो ।

सामुहिक लगानीकोषबाट सर्वसाधारणलाई छुट्टाइएको १६ लाख कित्ताबाट २५ सय कित्ता सामुहिक लागनी र बाँकी भएको १५ लाख ९७ हजार ५ सय कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्ने बैंकले व्यवस्था गरेको थियो । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्