१ असार: मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।
अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उनले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भने, “यदि तपाई (अमेरिकी) नागरिकहरूले खोप लगाएको छैन भने बिना कुनै ढिलाई खोप लगाउनुहोस् । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उनले थपे, “हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । सङ्क्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन ।”
उनले सङ्क्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको उनले बताए ।
“महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाब परेको बताउँदै उनले भने, अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ । संयुक्त राज्य अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उनले दावी गरेका छन् ।
धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण भएको मृत्युको सङ्ख्या उल्लेख्यरूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन ।
यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उहाँले अमेरिकामा कोरोनाभाइरसबाट अझै पनि औसत दैनिक ३७० व्यक्तिको मृत्यु भइरहेको बताएका छन् ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत बयस्क अमेरिकीहरूले खोपको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन ।
राष्ट्रव्यापीरूपमा १८ बर्षभन्दा माथिका करीब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ ।-एएनआई/Photo: Agency