Logo

कृषि विकास बैंक र सरकारबीच सम्झौता



काठमाडौं, ३ असार । कृषि विकास बैंक र नेपाल सरकारबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकले नेपाल सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ऋण पाउने भएको छ ।

बैंकको अनुसार बैंकले वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा उक्त रकम पाउने भएको हो । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

गत २०७७ चैत ६ गते नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक) बीच रणनैतिक जलवायु कोष अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कुल एक करोड ७९ लाख अमेरिकी डलर ऋण दिने सम्झौता भएको थियो । जसको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न ६० लाख अमेरिकी डलर बराबर नेपाल मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराएको हो ।



प्रतिक्रिया दिनुहोस्