काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबै तहका राज्यका अंगबीच समन्वय कामय गरेर बेलैमा बाढी÷पहिरोबाट हुने क्षति न्यूनिकरणको लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्–”तामाकोशी, मर्स्यांग्दी,जोगबुडा लगायत देशैभर पहिरोले नदीहरू थुनिएर बाढीडुवानको गम्भीर समस्या पैदा हुने खतरा भएकाले सबै तहका राज्यका अंगवीच समन्वय कायम गरेर वेलैमा क्षतीन्यूनीकरणको व्यवस्था होस्।जब पर्यो राति अनि बुढी ताती नहोस्। मेलम्ची क्षेत्रको महाविनाश र विपत्तिबाट पाठ सिकियोस।”