काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएर जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा विक्रि प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । बैंकको अनुसार प्रतिइकाई १ हजार रुपैयाँ दरको कुल ऋणपत्र मध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तवरबाट र ३ लाख कित्ता ऋणपत्र मध्ये १५ हजार कित्ता सामुहिक लगानीकोषको लागि र बाँकी रहेको सबै सर्वसाधारणको लागि विक्रि गरिने छ ।
ऋणपत्रमा न्युनतम २५ इकाईदेखि ३ लाख इकाईसम्म आजदेखि असार ९ गते र ढिलोमा २० गतेसम्म आवेदन दिन सकिन्छ ।