काठमाडौं, ६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले आफू देशमा अब कालोबजारी, महँगी र व्यापारीको मनोमानी चल्न नदिनको लागि नै मन्त्री बनेको स्पष्ट पारेका छन् । गृहजिल्लामा आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन् ।
मन्त्री यादवले भनेका थिए,‘व्यवसायीहरूको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्छ, तर त्यस्तो देखिएन। म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ। देशमा अब कालोबजारी, महँगी र व्यापारीको मनोमानी चल्दैन।’उनले देशमा सरकार छ भन्ने अनुभूति दिलाउनेगरि काम गर्ने पनि विश्वास दिलाए । file photo/reportersnepal