काठमाडौं, असार ७ । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए।
सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो। तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे। कोरोना संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने र सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामीको चाप बढेपछि उनले पूर्ण रूपमा लकडाउन खुला नगर्ने संकेत गर्दै भने, ‘यो मेसिन ९एक्सलेरेटर० को गतिलाई अलि कम गर्ने समय हो।’
जर्मनी, फ्रान्स तथा आयरल्यान्डलगायत अन्य युरोपेली राष्ट्रले बेलायती यात्रुलाई कडा प्रतिबन्ध लगाइसकेका छन्। यी सबैको कारण डेल्टा नामक भाइरसको नयाँ भेरियन्ट हो। यसअघि बि।१।६१७।२ नामांकन गरिएको र भारतमा फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको यही भेरियन्टका कारण गत वसन्त क्रतुमा भारतमा डरलाग्दो महामारी फैलिएको थियो। इकोनोमिस्टले यो वर्ष मात्रै भारतमा १० लाख मानिसको मृत्यु भएको आँकलन गरेको छ।
भारत मात्र होइन, डेल्टा भाइरस अन्य देशमा पनि तीव्र रूपमा फैलिएको छ। जिआइएसएड नामक डाटा सेयरिङ अभियानका अनुसार यो भेरियन्ट क्यानडा, इन्डोनेसिया, पाकिस्तान, पोर्चुगल तथा रुसमा सबैभन्दा बढी पाइने भेरियन्ट बनिसकेको छ। भारतमा नयाँ भेरियन्ट देखिएपछि भारतसँगको सम्पर्क तोड्न बेलायतले ढिलाइ गरेको थियो र त्यही कारणले यो भेरियन्ट तीव्र रूपमा फैलिन सजिलो बनेको थियो।
बेलायतमा पत्ता लागेको अल्फा भेरियन्टजस्तै यो भेरियन्ट पनि एकजनाबाट अर्कोमा सर्ने उच्च क्षमता राख्ने भएकाले आम नागरिकमा चिन्ता बढेको हो। बेलायतमा देखिएका कोरोना भाइरसका नयाँ केसहरूमा ९० प्रतिशत डेल्टा भेरियन्टका छन्। बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्ड (पिएचई) को एक अध्ययनअनुसार यो भेरियन्ट कोरोना भाइरसको सुरुको प्रजातिभन्दा २।५ गुणाले छिटो सर्छ भने कोरोना भाइरसको सुरुको प्रजातिभन्दा अल्फा भेरियन्ट १।५ गुणा छिटो सर्छ। यसरी डेल्टा भेरियन्ट ब्राजिलमा पहिलोपटक देखिएको गामा, दक्षिण अफ्रिकामा देखिएका बेटा तथा अमेरिकामा देखिएको इप्सिलनजस्ता अन्य भेरियन्टभन्दा अत्यधिक खतरनाक देखिएको छ। नागरिक दैनिकबाट