Logo

मनाङे राजनीतिमा झन् प्रभावशाली



एजेन्सी, ७ असार । ग्याङस्टर हुँदै राजनीतिमा प्रवेश गरेका दिपक मनाङे तीनपटक मन्त्री भइसकेका छन् । स्वतन्त्र उम्मेदवार बनेर प्रदेसभामा मनाङ ख बाट चुनाव जित्दा नै उनको चर्चा चलेको थियो । स्वतन्त्र हैसियतले चुनाव जित्दा उनको राजनीतिक प्रभाव मनाङमा बलियो रहेको खुलेको थियो ।

मनाङेले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर प्रदेश सभाको सांसद जितेका थिए । उनकै सहयोगले मनाङमा एमाले उम्मेदवारले झीनो मतले विजयी भएका थिए ।
नेकपा विभाजनपछि केन्द्र देखि प्रदेश सम्म सरकार डगमगायो । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको थियो । त्यतिबेला मनाङे निर्णायक बने । उनले गुरुङ नेतृत्वको सरकार दुईपटक बचाए । दुवैपटक उनी मन्त्री बनाइए ।

गुरुङ नेतृत्वको सरकार ढाल्न मनाङे नै निर्णायक शक्ति बने । उनले नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई साथ दिए । मनाङे फेरि मन्त्री बने ।

सरकार बनाउने र ढाल्ने खेलमा केन्द्र देखि प्रदेश सम्मका राजनीतिक शक्तिहरुले मनाङेसँग सिधा सम्पर्क गरेर सहयोग मागे । यसबाट उनको प्रभाव बढ्यो ।

मनाङेले जसपा नेता डा. बाबुराम भट्टराईसँग महत्वपूर्ण भेटवार्ता गरेको खुलिसकेको छ । उनले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अहिले यो भेट चर्चामा छ ।

 



प्रतिक्रिया दिनुहोस्