Logo

पार्टी परित्याग गरेकाहरुलाई निश्काषन गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र) ले पार्टी त्यागेर अर्को पार्टीमा लागेका केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निश्काषन गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय आफूहरुलाई कारबाही गरेकोबारे बुझ्न माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका नेताहरु प्रभु साह र टोपबहादुर रायमाझी निर्वाचन आयोग पुगेका थिए । यसअघि माओवादी केन्द्रले पार्टी त्यागेका नेता तथा स्थानीय जनप्रतिनिधिहरुलाई कारबाही गरेको थियो ।

तर, आयोगले उनीहरुलाई गरेको कारबाहीको सूचना प्रकाशन भने गरेको थिएन । हिजोमात्रै पनि माओवादी केन्द्रका नेता लिलामणि पोखरेल आयोगको कार्यालय पुगेर कारबाही प्रक्रियाबारे बुझेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्