काठमाडौं, ७ असार । नेकपा (एमाले) निकट युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि कुटपिट, अभद्र व्यवहार र प्रहरीमाथि पनि हातपात गरेको अभियोगमा पक्राउ परेका ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्यायलाई थप तीन दिन हिरासताम राख्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।
उनीहरु हिजो साँझ पक्राउ परेका हुन् । उनीहरुमाथि म्याद थपका लागि प्रहरीले आज (सोमबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गरेको थियो । नेतृ घिमिरेले आफूमाथि गत जेठ १६ गते काठमाडौंको गौशला प्रहरी वृत्तको हिरासतमा संग्रौला र वाईबाको समूहले आक्रमण गरेको दाबी गरेकी छ्नि । र, उनले उनीहरुमाथि कारबाहीको लागि टेकुमा लिखित जाहेरी दिएकी थिईन् ।
घिमिरेको जाहेरीकै आधारमा काठमाडौं प्रहरीले तीन जनालाई हिजो बोलाएको र सोही क्रममा नियन्त्रणमा लिएको थियो । म्याथ थप भएसँगै उनीहरुमाथि थप अनुशन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo/reportersnepal