काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीबाट मन्त्री भएका ११ जना सरकारमा रहने कि नरहने भन्नेबारे सर्वोच्च अदालतले के फैसला गर्ला भन्नेबारे चासो बढेको छ । सर्वोच्च अदालतमा जसपाको ११ र पूर्वमाओवादीका २ जना मन्त्री नियुक्त गरिएको विरुद्ध परेको रिटमाथि सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशकुमार ढुंगानाको इजलासमा उक्त सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतले यसअघि अन्तरिम आदेश दिन इन्कार गरेपछि पुरक निवेदन दर्ता भएको थियो । अब यस विषयमा परेको रिटमाथि अन्तिम किनारा लाग्ने अपेक्षा गरिएको छ ।
जसपाको महन्थ ठाकुर पक्षका राजेन्द्र महतोको नेतृत्वमा ११ जना मन्त्री बनाइएका छन् । पूर्वमाओवादीका २ जना मन्त्री बनाइएका छन् ।