Logo

शिक्षामन्त्री श्रेष्ठ किन प्रधानलाई छुटाउन प्रहरीकोमा पुगे



काठमाडौं, ९ असार । रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफै पुगे । उनको रहोवरमा प्रधानलाई आज छाडिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा मन्त्री श्रेष्ठ पुगेपछि रहोबरमा छाडिएको थियो । दलित भएकै कारण कोठा नदिएको उजुरी रुपाले दिएपछि प्रधान पक्राउ परेकी थिइन् ।

घरधनी सरस्वती प्रधानको रिहाईको माग गर्दै हिजो प्रदर्शन समेत भएको थियो । दलित अधिकारकर्मीहरुले भने प्रधानलाई छाड्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

घरधनी प्रधान नेवार समुदायकी हुन् । काठमाडौं उपत्यकामा यो समुदायको बाहुल्य र प्रभाव छ । श्रेष्ठ पनि नेवार समुदायका हुन् । श्रेष्ठ नेवार समुदायको बाहुल्य रहेको क्षेत्रबाट चुनाव जितेका थिए ।

प्रधानलाई कोठा नदिएको आधारमा जातीय अवहेलना गरेको अभियोग लागेको थियो । नेवार समुदायको प्रधानप्रति सद्भाव बढ्दै गएको थियो । यही सेन्टिमेन्ट जित्न पनि श्रेष्ठ आफै अघि सरे । उनले प्रधानलाई छुटाउन भूमिका खेले । रहोबरमा छुटाउन आफै पुगे ।



प्रतिक्रिया दिनुहोस्