Logo

समृद्धि फाइनान्सको हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन



काठमाडौं, १० असार । समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ शेयरमुल्य तोकेको छ । तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर (असार १०) आजसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । शेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्