काठमाडौं, १० असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भाका नाघेका ऋणीलाई १० प्रतिशत व्याज छुट दिने व्यवस्था गर्ने भएको छ । संस्थाको अनुसार भाका नाघेका ऋणी सदस्यहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई चुक्ता गरेमा कुल ब्याज रकमको १० प्रतिशत ब्याज छुट दिने भएको हो ।
बैंकले असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नु पर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ श्रावण मसान्तबाट लागु हुने गरी निजको ऋणको भाका ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १५ प्रतिशत छुट दिने संस्थाले जानकारी दिएको छ ।
कोभिड १९ बाट संक्रमित सदस्यहरुलाई सहयोग गर्न पाउनु वित्तीय संस्थाको लागि अवसर तथा ग्राहक सदस्यहरुको लागि राहत पनि भएको संस्थाले बताएको छ ।