Logo

गोकुल बाँस्कोटाको आरोप : विपक्षी गठबन्धन सत्ताका लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो



काठमाडौं, १० असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विपक्षी गठबन्धन सत्ताका लागि प्रणाली ने परिवर्तनतर्फ लागेको गम्भीर आरोप लगाएका छन् । उनले हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पूनःस्थापनका लागि सडकमा हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“विपक्षी सडकमा तर किन?हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो? संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन।त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो।”



प्रतिक्रिया दिनुहोस्