Logo

माओवादीमा पनि उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी रहने, कस्ले कुन जिम्मेवारी पाउलान् ?



काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रमा पनि पदाधिकारी हुने भएको छ । अध्यक्ष राखेर बाँकी स्थायी कमिटी र केन्द्रीय कमिटीसहित तल्लो तहको कमिटी रहेकोमा अब केन्द्रमा पदाधिकारी बढाउने तयारी भएको छ ।

माओवादीमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत रहने विधानमै व्यवस्था गर्न लागेको छ । त्यसका लागि माओवादी बैठक बसी विधान संशोधन गर्न लागिएको छ ।

माओवादीमा ३३ सदस्यीय केन्द्रीय कमिटी र १०० सदस्य पोलिटब्यूरो राख्ने व्यवस्था गरिदैछ । तल्लो तहको कमिटीहरुमा पनि पदाधिकारी राखिने गरी विधान संशोधन गर्न लागिएको छ ।

७ प्रदेश र उपत्यकामा पनि कमिटी बनाउन लागिएको छ । माओवादीबाट कार्यकर्तालाई सक्रिय बनाउन र अर्को दलमा जानबाट रोक्न यस्तो रणनीति अपनाइएको बुझिएको छ ।

नेकपा विभाजित भई एमाले र माओवादी केन्द्र बनेपछि एमालेमा माओवादी नेता कार्यकर्ता प्रवेश गरेका छन् । यो क्रम रोक्न पनि माओवादीले पदहरु सृजना गरेर तल्लो तह देखि माथिल्लो तहसम्म संगठन बलियो बनाउन खोजेको छ ।

पदाधिकारी सृजना गरेपछि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहने निश्चित छ । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना छ । महासचिवमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र जर्नादन शर्मा मुख्य दाबेदार देखिएका छन् । उपाध्यक्षको संख्या बढाएर व्यवस्थापन हुन सक्छ ।

उपमहासचिव र सचिवमा मातृका यादव, गिरिराजमणि पोखरेल, पम्फा भुसालमध्येबाट लाने सम्भावना रहेको छ । नयाँ पुस्ताका नेताहरुलाई पनि जिममेवारी दिने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्