Logo

राष्ट्रपतिले आफूले गरेको कामको न्यायिक पूनरावलोकन हुँदैन् भन्नु संविधानविपरित : अधिवक्ता भट्टराई



काठमाडौं, ११ असार । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर आलोचना गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जारी संवैधानिक इजलासको सुनुवाईको क्रममा रिट निवेदकको तर्फबाट बहस गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति भण्डारीले इजलासलाई लिखित जवाफ पठाउँदा आफुले गरेको काम न्यायिक पुनरावलोकन हुँदैन भन्नु संविधान विपरीत रहेको बताएका छन् । उनले संवैधानिक दायित्व पूरा नगरेमा राष्ट्रपतिलाई महाअभियोग लगाउने व्यवस्था संविधानमै रहेको पनि उनले उल्लेख गरे । उनले संविधानको धारा ७६ (५) ले प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षरलाई चिन्ने पनि उल्लेख गरे । file photo



प्रतिक्रिया दिनुहोस्