Logo

आफू पक्षधर नेताहरुसँग रामचन्द्रको आग्रह : एकपटक सभापति उठ्छु, सघाउनुहोस



काठमाडौं, १२ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा आफु सभापतिको स्वभाविक उम्मेद्धवार भएको बताएका छन् । हिजो आयोजित आफू पक्षधर केन्द्रीय सदस्यहरुको भेलामा नेता पौडेलले यस्तो धारणा राखेका हुन् । वसन्धुरास्थित् दियालो फूडल्याण्डमा आयोजित भेलामा नेता पौडेलले आफू १४औं महाधिवेशनमा सभापतिमा उठ्ने बताए ।

अधिकांश नेताहरुले आफ्नो पक्षबाट सभापतिमा जो उठेपनि एक जनामात्रै उठ्नुपर्ने धारणा राखेका थिए । यसपटक कांग्रेसको सभापतिमा धेरै जनाले आफू उठ्ने बताईरहेका छन् । सभापति शेरबहादुर देउवाले पनि पूनः दोहोरिने बताएका छन् । र, सोहीअनुसार तयारी थालेका छन् । देउवा पक्षबाट यसपटक विमलेन्द्र निधिपनि उठ्ने भएका छन् ।

निधिले नयाँ समिकरण बनाउने प्रयास पनि थालेका छन् । उनले सभापतिका आकांक्षीहरु डा. शशांक कोइराला र प्रकाशमान सिंहसँग लगातार छलफल गरेका छन् । हिजोमात्रै पनि यी तीन नेताबीच शशांकको निवासमा छलफल भएको थियो । आगामी महाधिवेशनमा तीन जना मिलेर अघि बढ्ने सहमति भएको बताईएको छ । संस्थापनईतर पक्षमा भने यसपटक आधा दर्जन जति नेता सभापतिमा उठ्ने बताईरहेका छन् । वरिष्ठ नेता पौडेलले पनि आफूलाई एकपटक सघाउन आग्रह गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्