Logo

आँधिखोला लघुवित्तको साधारण सभा असार ३१ गते



काठमाडौं, १३ असार । आँधिखोला लघुवित्त वित्तीय संंस्था लिमिटेडको चौथो साधारण सभा असार ३१ गते हुने भएको छ । असार १० गते बसेको कम्पनीको संचालक समितिको १२८ औं बैठकले सभा स्याङ्जाको वालिङमा रहेको होटल गाउँबेशीको सभाहलमा बिहान ११ः३० बजे गर्ने निर्णय गरेको हो ।

संस्थाको सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, लेखा परीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण समेत गर्ने भएको छ । साथै सभाले उपयुक्त लभुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्