Logo

ग्लोबल आइएमईद्वारा आफ्ना सदस्यलाई नगद सहयोग



काठमाडौं, १३ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई नगद सहयोग गरेको छ । देशका विभिन्न स्थानहरुमा भएको दैविय विपत्तीमा परेका सदस्यहरुलाई लघुवित्तले ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले हालसम्म १०२ वटा शाखा कार्यालयमार्फत १ लाख २५ हजार ३८४ सदस्यहरुलाई सेवा दिँदै आएको छ । संस्थाको अनुसार ६५ हजार ४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानी गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्