Logo

गण्डकी प्रदेशमा दुई मन्त्रीलाई मात्र जिम्मेवारी



गण्डकी, असार १४। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई सातामा दुई मन्त्रीलाई मात्र जिम्मेवारी दिन सकेका छन् । मुख्यमन्त्री पोखरेलले कांगे्रसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

विनाविभागीय मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ ९दीपक मनाङे०ले भने जिम्मेवारी पाएका छैनन् । जनता समाजवादीका हरिशरण आचार्य र दीपक मनाङेले मुख्यमन्त्री नेपालीसँग भएको लिखित सहमति कार्यान्वय हुनुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।

गत जेठ २९ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका चार मन्त्रीलाई मन्त्रालयको भागबन्डा नमिल्दा कुनै जिम्मेवारी दिइएको थिएन । आचार्यले अर्थ र मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालय मागेका छन् ।

गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिलेका कारण मुख्यमन्त्री पोखरेले दुई सातापछि दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका हुन् । उनीहरूले सम्हालेको मन्त्रालय पनि केही समयका लागि भएको बताइएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काले भौतिक योजना मन्त्रालयमा दाबी गर्दै आएका छन् । आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्