Logo

सभामुख अग्नि सापकोटाबारे प्रधानमन्त्री ओलीले भनेः प्रचण्डका कार्यकर्ता



काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई ‘प्रचण्डका कार्यकर्ता’ भनेका छन् । आज बालुवाटारमा मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले कानुनभन्दा माथि भएको जसरी व्यवहार देखाएको आरोप समेत लगाए ।

‘संसदले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको बकवासी कामका लागि हो,’ ओलीले संसद भवनमा विपक्षी गठबन्धनले गरेको विभिन्न कार्यक्रमको विरोध गर्दै भने,‘प्रचण्डको कार्यकर्ता सभामुख हुनेवित्तिकै कानुन भन्दा माथि हुने ?’

पछिल्लो समय सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कदमप्रति असन्तुष्ट भई विज्ञप्ति नै जारी गर्दै आएका छन् । उनले प्रतिनिधि सभा विघटनको सार्वजनिक रुपमै विरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्