काठमाडौं, १५ असार । असार ९ गतेदेखि लिलामीमा ल्याएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा भोली (बुधबार) सम्म आवेदन दिन सकिन्छ । कम्पनीले वितरण हुन नसकेका ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो ।
उक्त हकप्रद खरिद गर्न न्युनतम शेयरमुल्य १ सय रुपैयाँ तोकिएको हुनाले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ । शेयर बिक्रि प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।