सप्तरी, १५ असार: कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
सप्तरीको विभिन्न प्रहरी कार्यालय र आइसोलेशन केन्द्रमा एकै दिन स्वास्थ्य तथा सरसफाइ एवं मर्यादित कीट वितरण गरेको समग्र जनउत्थान केन्द्रले जानकारी दिएको छ । आइसोलेशन केन्द्रमा कोभिड सङ्क्रमित र कुरुवालाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले बताए ।-रासस/File Photo