काठमाडौं, १६ असार । नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभाका सदस्य वेदुराम भुषालले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने स्पष्ट पारेका छन् । उनले आफू एमालेबाट भन्दापनि तत्कालिन नेकपाबाट निर्वाचित सांसद भएको जिकिर गरे । उनले अहिले नेकपा विभाजन हुँदा आफू दलविहीन सांसद भएको पनि स्पष्ट पारे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेको नवौं महाधिवेशनले पारित गरेको नीति र विधानअनुसार चल्नुपर्नेमा स्पष्ट पारे । उनले एमालेको विधानअनुसार आफू एमालेको नेता नै नभएको जिकिर गरे । केपी शर्मा ओली पनि अध्यक्ष नभएको उनको जिकिर छ । उनले भने,‘एमालेको विधानअनुसार त त्यो कमिटी हामीले विघटन गरेपछि त्यो नविकरण गर्नुपर्यो नि। पार्टी सदस्यता नै नविकरण गरेको छैन् । फेरि नविकरण गर्नुपर्यो नि ?’