काठमाडौं, १६ असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । आज बैठक बसी आयोजक कमिटी खारेजीको घोषणा भएको हो ।
पुरानै केन्द्रीय कमिटी सक्रिय हुने गरी स्थायी कमिटीमा ८ नेता थपिएका छन् । थपिएकामा पूर्वमाओवादीका ४ समेत छन् ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुषाल रघुजी पन्त, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्य बनाइएको जानकारी दिएका हुन् । महासेठ र रिमाल ओली खेमाका हुन् । भुषाल र पन्त नेपाल समूहका हुन् । बादल, रायमाझी, भट्ट र थापा पूर्वमाओवादी हुन् ।
एमालेको नवौं महाधिवेशनमा विजयी र पराजितहरु (मतसहित)