काठमाडौं, १६ असार । सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले खनालको स्वास्थ्यलाभको कामनाको साथै सम्पूर्ण उपचार खर्चसमेत व्यहोर्ने निर्णय गरेको एक नेताले जनाए ।
खनाल यतिवेला भारतको नयाँ दिल्लीस्थित् एपोलो अस्पतालमा उपचार गराईरहेका छन् । उनको पछिल्लो स्वास्थ्य अवस्था राम्रै रहेको उनको सचिवालयले जनाएको छ ।